भारतमा कोरोना संक्रमणको चेन तोड्न केही हप्ता पूर्ण लकडाउन अति आवश्यक : डा. एन्थोनी फौची

5 वर्ष पहिले प्रकाशित

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा कोरोना संक्रमणको ‘सुनामी’ रोक्नका लागि केही हप्ता पूर्ण रुपमा लकडाउन गर्नुपर्ने बताएका छन् ।

कुनै पनि देश लकडाउनमा जान नचाहे पनि कोरोना संक्रमणको चक्र तोड्नका लागि भारतमा केही हप्ता लकडाउन आवश्यक रहेको डा. फौचीको भनाइ छ ।

भारतीय अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा. फौचीले भारतले कोरोना संक्रमण रोकथाममा के कस्ता उपाय अपनायो भन्दा राजनीतिक मुद्दा बन्ने बताए । उनले भने, ‘भारतले कोरोना संक्रमणको स्थितिलाई कसरी सम्हालिरहेको छ भन्दा यो राजनीतिक मुद्दा बन्छ । म यसबारेमा केही भन्दिनँ, म स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्ति हुँ राजनीतिज्ञ होइन ।’ उनले पछिल्लो समय भारत अत्यन्तै कठिन र निराशाजनक अवस्थामा रहेको पनि बताएका छन् । उनले कुराकानीमा भनेका छन्, ‘जब तपाईं यस्तो परिस्थितिको सामना गर्नुहुन्छ, तत्कालै समग्र रुपमा विचार गरेर निर्णय लिनुपर्ने हुन्छ ।’

कोरोना भाइरसविरुद्धको खोप लगाउनु महत्वपूर्ण भए पनि त्यसको असर देखिन केही समय लाग्ने भएकाले अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने पनि उनको भनाइ छ । उनी भन्छन्, ‘खोप एउटा उपाय हुन सक्छ । यो अत्यन्त आवश्यक पनि छ तर अहिले अस्पतालमा अक्सिजन अभाव, बेड अभाव जस्ता समस्यालाई यसले कम गर्दैन । खोपको प्रभाव देखिन केही समय लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..