२ पटकको च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै आयरल्यान्ड टी–२० विश्व कपको सुपर १२ मा

3 वर्ष पहिले प्रकाशित

कात्तिक ४, २०७९

काठमाण्डौ – दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । आज शुक्रवार भएको खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर १२ मा नपुगि बाहिरिएको हो । वेस्ट इन्डिज सन् २०१२ र २०१६ को टी–२० विश्व कप क्रिकेटमा च्याम्पियन बनेको थियो ।

होबार्टमा वेस्ट इन्डिजले दिएको एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर भेटायो । उसका पउल स्टर्लिङले ६६ र लोर्कन टकरले ४५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनायो । उसका ब्रान्डन किङले ६२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका ग्यारेथ डिलेनीले तीन विकेट लिए ।

यो जितसँगै आयरल्यान्ड समूह ुबीु बाट समूह १२ मा पुग्ने पहिलो टिम बनेको छ । आजै हुने समूह ुबीु कै अर्को खेलमा जिम्बावे र स्कटल्यान्ड खेल्दैछन् । यस खेलको विजेताले दोस्रो टिमको रूपमा समूह १२ स्थान बनाउनेछ ।

यसअघि हिजो बिहीवार भएको खेलमा समूह ुएु बाट श्रीलङ्का र नेदरल्यान्ड्स सुपर १२ मा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..