नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट भेटियो, संक्रमण फैलन सक्ने चेतावनी

4 वर्ष पहिले प्रकाशित

कार्तिक ७, २०७९

काठमाडौँ — मुलुकमा पहिलो पटक ओमिक्रोनको सबभेरिएन्ट ‘एक्सबीबी’ देखिएको छ । साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पहिचान गरिएको हो ।

‘पहिलो पटक देखिएको यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। समीरकुमार अधिकारीले भने, ‘विभिन्न मुलुकमा हाल कोभिड संक्रमण बढेको कुरा आइरहेको छ, हामी कहाँ पनि बढ्न सक्ने चिन्ताको मुख्य विषय हो ।’

यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्घको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ । डा।अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएकाले विशेष सावधानी आवश्यक छ ।

अध्ययनकर्ताहरूले आफ्नो प्रारम्भिक अनुसन्धानमा ‘एक्सबीबी’, भेरिएन्ट ओमिक्रोनको ‘बीए २।७५’, ‘बीए २।१०’, भेरिएन्टबीच पुनः संयोजनले उत्पन्न भएको पाएका छन् । हालसम्म ‘एक्सबीबी’ भेरिएन्टलाई कोभिडका सबै भेरिएन्टको दाँजोमा सबैभन्दा बढी संक्रामक पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..