नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट भेटियो, संक्रमण फैलन सक्ने चेतावनी

3 वर्ष पहिले प्रकाशित

कार्तिक ७, २०७९

काठमाडौँ — मुलुकमा पहिलो पटक ओमिक्रोनको सबभेरिएन्ट ‘एक्सबीबी’ देखिएको छ । साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पहिचान गरिएको हो ।

‘पहिलो पटक देखिएको यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। समीरकुमार अधिकारीले भने, ‘विभिन्न मुलुकमा हाल कोभिड संक्रमण बढेको कुरा आइरहेको छ, हामी कहाँ पनि बढ्न सक्ने चिन्ताको मुख्य विषय हो ।’

यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्घको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ । डा।अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएकाले विशेष सावधानी आवश्यक छ ।

अध्ययनकर्ताहरूले आफ्नो प्रारम्भिक अनुसन्धानमा ‘एक्सबीबी’, भेरिएन्ट ओमिक्रोनको ‘बीए २।७५’, ‘बीए २।१०’, भेरिएन्टबीच पुनः संयोजनले उत्पन्न भएको पाएका छन् । हालसम्म ‘एक्सबीबी’ भेरिएन्टलाई कोभिडका सबै भेरिएन्टको दाँजोमा सबैभन्दा बढी संक्रामक पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..

  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर २५ गते   जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते ..