उत्तर प्रदेशकी मन्त्रीको दाबी, ‘प्रधानमन्त्री मोदी भगवानका अवतार हुन्’

4 वर्ष पहिले प्रकाशित

कात्तिक १०, २०७९
एजेन्सी
उत्तर प्रदेशकी मन्त्री गुलाब देवीले प्रधानमन्त्री नरेन्द्र मोदी भगवानको अवतार भएको बताएकी छन् । देशमा अल्पसंख्यक समुदायको प्रधानमन्त्री हुनुपर्ने प्रतिपक्षले माग गरिरहेको छ भन्ने पत्रकारको प्रश्नमा गुलाबदेवीले यस्तो बताएकी हुन् ।

उनले भने, ‘माननीय मोदीजी अवतारको रूपमा हुनुहुन्छ। उहाँ असाधारण प्रतिभा हुनुहुन्छ। उहाँसँग कसैले प्रतिस्पर्धा सक्दैन। यदि उहाँ चाहनुहुन्छ भने, उहाँ उहाँको जीवन रहुन्जेल प्रधानमन्त्री रहनुहुन्छ। यी अड्कलबाजीले उहाँ प्रधानमन्त्री पदबाट हट्नु हुन्न र अरु कोही आउनेवाला छैन ।’

‘अड्कलबाजीबाट के हुन्छ र रु उहाँ यस्तो असाधारण व्यक्तित्व हुनुहुन्छ, म उहाँ अवतार हो भन्न चाहन्छु। भगवानले उहाँलाई यहाँ आफ्नो प्रतिनिधिको रूपमा पठाउनुभएको छ। उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, उहाँ प्राप्त गर्नुहुन्छ।।। यो सब के हो। हेर्नुस् उहाँबाट निस्कने शब्दहरु, पूरै भारतले त्यो कुरा मान्छ । योभन्दा ठूलो मान्यता के होला रु’

उत्तर प्रदेश सरकारको माध्यमिक शिक्षा मन्त्री रहेकी गुलाब देवीले स्वतन्त्र प्रभारको जिम्मेवारी सम्हालेका छन्। २०२२ को विधानसभा चुनावमा गुलाबदेवी चन्दौसी विधानसभाबाट चौथो पटक निर्वाचित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..