गुजरातमा भाजपाका पटेल नै मुख्यमन्त्री

3 वर्ष पहिले प्रकाशित

२४ मङ्सिर २०७९ ०६स्०७

भारतीय जनता पार्टी ९भाजपा०का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि आज शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ।

भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जितपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ।

गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि आज बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ। देसाईले भने, ‘भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ। गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा त्यसै बैठकमा गरिनेछ।’

भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भूपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको शपथ लिन लागेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित साह गान्धी नगरमा हुने शपथग्रहण समारोहमा सहभागी हुने बताइएको छ।

भाजपाले गुजरातको कुल १ सय ८२ सिटमध्ये १ सय ५६ सिट जितेको छ। सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ। प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..