गुजरातमा भाजपाका पटेल नै मुख्यमन्त्री

4 वर्ष पहिले प्रकाशित

२४ मङ्सिर २०७९ ०६स्०७

भारतीय जनता पार्टी ९भाजपा०का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि आज शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ।

भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जितपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ।

गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि आज बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ। देसाईले भने, ‘भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ। गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा त्यसै बैठकमा गरिनेछ।’

भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भूपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको शपथ लिन लागेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित साह गान्धी नगरमा हुने शपथग्रहण समारोहमा सहभागी हुने बताइएको छ।

भाजपाले गुजरातको कुल १ सय ८२ सिटमध्ये १ सय ५६ सिट जितेको छ। सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ। प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..