रामायण काल संग झारखंडको सम्बन्ध छ :- कांग्रेस नेता अरुण

1 वर्ष पहिले प्रकाशित

 जनकपुरधाम/मिश्रीलाल मधुकर 

भाद्र ६बिहीबार

 जनकपुरधाम सँग पनि झारखण्डको सम्बन्ध छ । युक्त जानकारी कांग्रेस पार्टीका युवा नेता तथा झारखण्ड तेली समाजका अध्यक्ष ,तिलेश्वर साहु सेनाका संयोजक अरुण साहुले दिएका छन् ।एक कार्यक्रम लाई सबोधन गर्दै उनले माता सीताको सम्बन्ध झारखंड सँग रहेको धेरै प्रमाण रहेको जनाएका छन। त्यसैगरी झारखण्डको हनुमानजीको जन्मस्थल गुमला जिल्लाको अञ्जना गाउँमा आज पनि हनुमानजीको प्रमाण रहेको बताए । परशुरामको तपस्वी स्थान गुमलाको टाँगीनाथ स्थानमा आज पनि भगवानको बन्चरो रहेको छ । जहाँ परशुरामले वर्षौंसम्म तपस्या गरेका थिए, देश विदेशबाट धेरै संख्यामा धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन।

 झारखण्डको बाबा धाम देवघरमा नेपालबाट ठूलो संख्यामा भक्तजन आउने गरेको उनले बताए । त्यसैगरी जनकपुरधामको जानकी मन्दिर र काठमाडौंको पशुपति दर्शन गर्न झारखण्डबाट ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । त्यसैले नेपाल र भारत (झारखण्ड राज्य) राजनीतिक रूपमा अलग भए पनि आत्मिक रूपमा,भौगोलिक समानता रहेको बताए ।यस क्रममा बरही विधानसभाका पूर्व उम्मेदवार शावी देवी, प्रदीप साहु, लक्ष्मी साह, सतीश कुमार केशरी लगायतको सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..